बजेट हिसाब
छोटो प्रश्न उत्तर :
१. बजेट हिसाव बाता मनको के हो ? यो तयार गरिने कुनै ५ वटा तरिकाहरु मेनुहोस् ।
उत्तर :- नेपाल सरकारको नयाँ स्रेस्ता प्रणालीमा तोकिएको बजेट सिमा उल्लङ्घन हुन नदिनका लागि व्यवस्था गरिएको खातालाई बजेत हिसाब खाता भनिन्छ । यसलाई म. ले. प. फा नं. ८ भनेर चिनिन्छ । बजेट हिसाब खाता तयार गरिने तरिकाहरु यस प्रकार छन् :
(क) स्वीकृत वार्षिक बजेट गोश्वारा भौचर नबनाई बिनियोजन खण्डमा सीधै अभिलेख राख्नु पर्छ ।
(ख) रकमान्तरको व्यवस्था भएमा जुन शिर्षकमा रकम सारिने हो त्यो शिर्षकमा रकम जोड्ने र जुन शीर्षकबाट रकम झिकिने हो त्यो शीर्षकमा रकम घटाइन्छ।
(ग) थप बजेट प्राप्त हुँदा बार्षिक बिनियोजन खण्डमा देखाइन्छ।
(घ) निकासा खण्डमा चालु कोष र थप चालुकोष बजेट रकम नखुलाइने हुनाले जम्मा महलमा छुट्टै देखाइन्छ।
(ङ) पछि शोधभर्ना निकासा प्राप्त गर्दा बजेट रकम नम्बर अनुसार अभिलेख राखिन्छ।
२. बजेट हिसाब खातालाई कति खण्डमा विभाजन गरिएको छ । उल्लेख गर्नुहोस् ।
उत्तर :- बजेट हिसाब खातालाई तीन खण्डमा विभाजन गरिएको छ।
(क) वार्षिक विनियोजन बण्ड :- यो खण्ड बजेट हिसाबको सबैभन्दा माथिल्लो भागमा रहेको हुन्छ । यस खण्डमा प्रत्येक बजेट रकम नम्बरका निमित वार्षिक स्विकृत विनियोजनको बाँडफाँड छट्टा – छट्टै देखाइन्छ । यस खण्डमा अभिलेख गर्दा कार्यालयलाई प्राप्त वार्षिक बजेटको अख्तियारी पत्र तथा पुरक वा थप बजेटको पत्रलाई आधार मानिन्छ।
(ख) निकासा बण्ड:- यस खण्डमा बार्षिक विनियोजित रकममध्ये शोधभर्ना निकासा बा बजेट निकासा स्वरूप प्राप्त रकम अभिलेख राखिन्छ । यस्तो निकासा प्राप्त गर्दा प्रत्येक बजेट रकम नम्बर अनुसार अभिलेख गर्नुपर्छ साथै जम्मा महलमा जोडेर राख्नुपर्छ । यस खण्डमा निकासा सम्बन्धि कारोबारहरु समावेश गरिन्छ।
(ग) खर्च खण्ड :- यस खण्डमा स्वीकृत बजेट अन्तर्गत कार्यालयले गरेका खर्चलाई अभिलेख गरिन्छ । प्रत्येक महिनाको अन्त्यमा प्रत्येक खर्च शीर्षक अन्तर्गत भएका खर्चहरु जम्मा गर्नुपर्छ ।
अतिछोटो प्रश्न उत्तर :
१. बजेट हिसाबको म. ले. प. फा. नं. कति हो?
उत्तर :- बजेट हिसाबको म. ले. प. फा. नं. ८ हो।
२. नेपालमा बजेट व्यवस्थाको सुरुवात कहिले भएको हो।
उत्तर :- नेपालमा बजेट व्यवस्थाको सुरुवात वि.सं २००८ मा भएको हो।
३. बजेट हिसाब बाताका तीन खण्डहरु लेख्नुहोस् ।
उत्तर :- (क) बार्षिक विनियोजन खण्ड (ख) बजेट निकासा खण्ड (ग) बजेट खर्च खण्ड
अन्य अतिछोटो प्रश्न उत्तर
१. म.ले.प.फा.नं.को विस्तृत रुप लेख्नुहोस् ।
उत्तर :- म.ले.प.फा.नं.को विस्तृत रुप महा लेखा परिक्षक फाराम नम्बर हो।
२. खर्चको फाँटवारीको म.ले.प.फा.नं.लेख्नुहोस् ।
उत्तर :- खर्चको फाँटवारीको म.ले.प.फा.नं.१३ हो।
३. पेश्की फछर्योट विवरण्को म.ले.प.फा.नं.कति हो?
उत्तर :- पेश्की फछयौट विवरणको म.ले.प.फा.नं.१४ हो।
४. बैक हिसाब विवरणको म.ले.प.फा.नं.कति हुन्छ ।
उत्तर :- बैङ्क हिसाब बिबरणको म.ले.प.फा.नं. १५ हुन्छ ।
५. राजश्वको मासिक प्रतिवेदन को म.ले.प.फा.नं.कति हुन्छ ?
उत्तर :- राजश्वको मासिक प्रतिवेदन को म.ले.प.फा.नं.९ हुन्छ ।
६. धरौटीको मासिक विवरण को म.ले.प.फा.नं.कति हुन्छ ? लेख्नुहोस् ।
उत्तर :- धरौतीको मासिक बिबरणको म.ले.प.फा.नं. १९ हुन्छ ।
७. गोश्वारा भौचरको म.ले.प.फा.नं. लेख्नुहोस् ।
उत्तर :- गोश्वारा भौचरको म.ले.प.फा.नं. १० हुन्छ ।
८. नेपालमा कुमारी चोक अड्डाको स्थापना कहिले भएको थियो।
उत्तर :- वि.सं. १८२८। ०१। ०६ गते
९. महालेखा नियन्त्रक कार्यालय कुन मन्त्रालय अन्तर्गत पर्दछ ।
उत्तर :- महालेखा नियन्त्रक कार्यालय अर्थमन्त्रालय अन्तर्गत पर्दछ।
१०. सरकारी स्रेस्ता प्रणालीमा महिना – महिनामा तयार गरिने प्रतिवेदनलाई के भनिन्छ ।
उत्तर :- मास्केवारी
११. लेखा प्रणालीमा प्रयोग गरिने कोष्ठ चिन्हको अर्थ लेख्नुहोस् ।
उत्तर :- नोक्सान।
Please like and share this blog
Comments
Post a Comment