व्यापार
व्यापार
छोटो प्रश्न उत्तर :
१. बीजकको परिभाषा दिनुहोस् । विदेशी व्यापारमा प्रयोग हुने कुनै चारवटा बीजकको वर्णन गर्नुहोस् ।
उत्तर:- बिक्रेताले क्रेतालाई समानको विवरण, परिमाण, प्रतिएकाई मूल्य, जम्मा मूल्य आदि उल्लेख गरी पठाएको व्यापारिक पत्रलाई बीजक भनिन्छ। विदेशी व्यापारमा प्रयोग हुने कुनै चार ओटा बीजकको वर्णन यस प्रकार गरिएका छन्।
(क) लोको बीजक:- स्थानीय मूल्यमा नै मालसमान पठाउने वा बिक्री गर्ने सर्तमा बिक्रेताले क्रेतालाई पठाएको बीजकलाई लोको बीक भनिन्छ । यस्तो बीजकमा दुवानी, बिमा तथा अन्य खर्चहरु समावेश गरिदैन ।
ख) एफ. ओ. बि. बीजक :- यस को पूरा रुप “ Free On Board Invoice” हुन्छ । जहाजसम्मको खर्च समाबेस गरिएको बीजकलाई एफ ओ. बि. बीजक भनिन्छ ।
(ग) सी. एण्ड एफ. बीजक :- यसको पूरा रुप ” Cost and Freight Invoice ” हुन्छ । बिक्रेताले क्रेतालाई बीजक पठाउँदा बस्तुको मूल्य र पठाउँदा लाग्ने भाडा समावेश गरिएको बीजकलाई सी. एण्ड एफ बीजक भनिन्छ ।
(घ) सी. आई. एफं बीजक :- यसको पूरा रुप * Cost Insurance and Freight Invoice ‘’हो । वस्तुको मूल्य पठाउँदा लाग्ने भाडा र बिमा खर्च समेत केताले बेहोर्ने गरी पठाएको बीजकलाई सी. आई. एफ बीजक भनिन्छ ।
(ङ) फ्रास्को बीजक :- कुनै पनि बिक्रेताले आफ्नो गोदाम देखि क्रेताको गोदामसम्म ढुवानी गर्दा लाग्ने कुनै किसिमको खर्च बहन नगर्ने गरी पठाएको बीजकलाई फ्राको बीजक भनिन्छ।
२. स्वदेशी व्यापार भनेको के हो ? स्वदेशी व्यापार गर्ने तरिका वा विधिहरु कमिक रुपमा उल्लेख गर्नुहोस्।
(क) सोधपुछ :- क्रेताले खरिद गर्न चाहेका मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन सोधनी पत्र पठाउँछ । उक्त पत्रलाई सोधपुछ भनिन्छ।
(ख) मूल्य सूची :- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूचि पठाउँछ।
(ग) बरिद आदेश :- बिक्रेताबाट मूल्यसूची र आवश्यक जानकारी प्राप्त भइसकेपछि खरिद गर्न चाहेको मालसमानको विवरण, संख्या, गुणस्तर अन्य आवश्यक सर्तहरु उल्लेख गरी बिक्रेताकहाँ खरिद आदेश पठाइन्छ।
(घ) मालसमानको सङ्कलन :- क्रेताबाट प्राप्त भएको खरिद आदेशमा उल्लेख भए बमोजिमका मालसमानहरु कुन – कुन गोदाम वा स्थानमा छन् । तिनीहरुलाई एकै ठाउँमा जम्मा गर्ने कार्य बिक्रेताको तर्फबाट गरिन्छ ।
(ङ) मालसमानको प्याकिङ :- बिक्रेताले बिकी गर्ने मालसमानलाई केता समक्ष सुरक्षित रुपमा सरल ढंगबाट ढुवानी गरी पुऱ्याउने उदेश्यले प्याकिङ गर्नुपर्छ।
३. विदेशी व्यापार भनेको के हो ? कमिक रुपमा यसका चारओटा तरिका वा विधिहरु उल्लेख गर्नुहोस् ।
उत्तर :- आफ्नो देशभन्दा बाहिर अन्य देशहरुसँग सामानहरु खरिद र बिकी गर्ने व्यापारलाई विदेशी व्यापार भनिन्छ । विदेशी व्यापार गर्ने तरिकाहरु यस प्रकार छन् : –
(क) सोधपुछ :- क्रेताले विदेशबाट खरिद गर्न चाहेको मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन पठाएको पत्रलाई सोधपुछ भनिन्छ।
(ख) मूल्य सूची :- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूचि पठाउँछ।
(ग) आदेश पत्र :- बिक्रेताहरुबाट मूल्य सूची र आवश्यक जानकारी प्राप्त भएपछि तिनीहरुको अध्ययन र विश्लेषण गरी एक वा एकभन्दा बढि बिक्रेताबाट मालसमान खरिद गर्ने निर्णय लिइन्छ । त्यसपछि बस्त खरिद गर्न आदेश पत्र पठाइन्छ।
(घ) मालसमानको सुम्पाइ :- बिक्रेताले खरिद आदेश पत्र प्राप्त भए पछि आदेश बमोजिम मालसमान ढुवानी साधनलाई जिम्मा दिइन्छ । ढुवानी कर्ताले मालसमान जिम्मा लिएपछि केतालाई समान बुझाई सकेपछि त्यसको प्रमाण लिखित रुपमा लिने कार्यलाई मालसमानको सुम्पाइ भनिन्छ।
(ङ) विदेशी बीजक :- बिके्ताले मालसमानको साथै ढुवानी गरेको साधनको बारे पूर्ण रुपमा दिएको विवरणलाई बीजक भनिन्छ । जसमा मालसमानको संख्या, गुणस्तर, प्रतिएकाई मूल्य, बीमा आदि कुराहरु समावेश गरिएको हुन्छ ।
४. स्वदेशी व्यापार किन आवश्यक हुन्छ ? स्वदेशी तथा विदेशी दुवै व्यापारमा प्रयोग गरिने प्रलेखहरु वा कागजातहरु के के छन् ? लेख्नुहोस्
उत्तर :- स्वदेशी उत्पादकहरुबाट उत्पादन गरिएका वस्तुहरुलाई देशका विभिन्न क्षेत्रमा छरिएर बसेका उपभोक्ताहरुसम्म पुयाई बिक्री बितरण गर्नका लागि स्वदेशी व्यापारको आवश्यक हुन्छ । स्वदेशी र विदेशी दुवै व्यापारमा प्रयोग हुने प्रलेखहरु निम्न अनुसार छन् ।
(क) सोधपुछ :- क्रेताले विदेशबाट खरिद गर्न चाहेको मालसमान उपलब्ध गराउने सम्भावित बिक्रेतालाई मालसमान सम्बन्धी जानकारी लिन पठाएको पत्रलाई सोधपुछ भनिन्छ ।
(ख) मूल्य सूची :- सोधपुछ पत्र प्राप्त गर्ने बिक्रेताले मालसमान सम्बन्धी जानकारी लिन चाहेका क्रेतालाई मालसमानको पूर्ण विवरण सहित मूल्य सूची पठाउँछ ।
(ग) मालसमानको ढुवानी :- बिक्री गरिने मालसमानको प्याकिङ भइसकेपछि उपयुक्त बानीको साधन मार्फत क्रेतालाई मालसमान पठाउने व्यवस्थालाई मालसमानको ढुवानी भनिन्छ।
घ) बीजक :- बिक्रेताले मालसमानको साथै ढुवानी गरेको साधनको बारे पूर्ण रुपमा दिएको विवरणलाई बीजक भनिन्छ । जसमा मालसमानको संख्या, गुणस्तर, प्रतिएकाई मूल्य, बीमा आदि कुराहरु समावेश गरिएको हुन्छ ।
अतिछोटो प्रश्न उत्तर :
१. ATM को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- ATM को पूरा रुप “Automated Teller Machine” हो।
२. WTO को पूरा रुप लेख्नुहोस ।
उत्तर :- WTO को पूरा रुप “World Trade Organization” हो ।
३. SWIFT को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SWIFT को विस्तारित रुप “Society For World Wide International Financial Transaction” हो ।
४. GATT को विस्तृत रुप लेख्नुहोस् ।
उत्तर :- GATT को विस्तृत रुप “General Agreement on Tarrifs and Trade” हो ।
५. SAFTA को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SAFTA को विस्तारित रुप “South Asian Free Trade Area” हो ।
६. SAPTA को विस्तारित रुप लेख्नुहोस् ।
उत्तर :- SAPTA को विस्तारित रुप “South Asian Preferential Trade Agreement” हो ।
७. CIF को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- CIF को पूरा रुप “Cost, Insurance and Freight Invoice” हो ।
८. CF को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- CF को पूरा रुप “Cost and Freight Invoice” हो ।
९. FOB को पूरा रुप लेख्नुहोस् ।
उत्तर :- FOB को पूरा रुप “Free Board Invoice” हो ।
१०.व्यापारमा प्रयोग गरिने कुनै चार वटा भुक्तानीका साधनहरुको नाम लेख्नुहोस् ।
(क) प्रतीतपत्र (ख) चेक (ग) ATM कार्ड (घ) बैंक ड्राफ्ट
११. प्रतीत पत्र भनेको के हो ?
उत्तर :- अन्तराष्ट्रिय व्यापारमा बैङ्क मार्फत कागजपत्रका आधारमा भुक्तानी दिने पद्धतिलाई प्रतीत पत्र भनिन्छ ।
१२.विदेशी व्यापारमा मूल्य सूची कसले कसलाई पठाउँछ ।
उत्तरः- विदेशी व्यापारमा मूल्य सूची निर्यातकर्ताले आयातकर्तालाई पठाउँछ ।
Comments
Post a Comment