Skip to main content

बैंक तथा वित्तीय संस्था Unit-4

 


बैंक तथा वित्तीय संस्था


 


लामो प्रश्न उत्तर :


१. केन्द्रीय बैंकका परिचय दिई यसका कुनै बोटा कार्यहरुको वर्णन गर्नुहोस् ।


उत्तर :- देशका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्थाहरुको गतिविधि नियमित गर्ने, मौद्रिक प्रणालीको सुदृढीकरण र नियन्त्रण गर्ने उदेश्य लिएर स्थापना भएको सरकारी बैङ्कलाई केन्द्रिय बैङ्क भनिन्छ । यसलाई बैङ्कहरुको बैङ्क पनि भनिन्छ । केन्द्रिय बैङ्कका कुनै ६ बटा कार्यहरुको वर्णन यस प्रकार गरिएका छन् । 


(क) नोट निष्काशन गर्नु :- केन्द्रिय बैङ्कको मुख्य काम धातु मुद्रा एवम् कागजको नोट निष्काशन गर्नु हो । यसरी नोट निष्काशन गर्दा निश्चित प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा र सरकारी ऋणपत्रहरु धितोको रुपमा राख्नुपर्छ । 



 

(ख) सरकारको बैस्क र सल्लाहकारको रुपमा काम गर्नु :- केन्द्रिय बैङ्क सरकारको बैङ्क भएकाले यसले नेपाल सरकारको मन्त्रालय विभाग र कार्यालयहरुका लागि आवश्यक बैङिकङ्ग सुविधा उपलब्ध गराउँछ । साथै नेपालमा नेपाल राष्ट्र बैङ्कले सरकारको बैक तथा वित्तिय क्षेत्रको विषयमा आर्थिक सल्लाहकार तथा नेपालको एजेन्टका रुपमा कार्य सम्पादन गर्दछ । 


(ग) बैरकहरुको बैरक :- केन्द्रिय बैङ्कले अन्य बैङ्कहरुको स्थापना र कार्य सञ्चालन गर्न अनुमति र स्वीकृति दिने कार्य गर्दछ । साथै अन्य बैङ्कहरुको व्याजदर निर्धारण, निक्षेप जम्मा गर्दा वा अन्य बैङिकङ्ग सुविधा प्रदान गर्दा केन्द्रिय बैङ्कले आदेश तथा सुझाव दिने कार्य गर्दछ ।


(घ) विदेशी विनिमय माथि नियन्त्रण कायम गर्ने :- सरकारको विदेशी विनिमयको निती निर्माता नै केन्द्रिय बैक हो । केन्द्रिय बैङ्कले विदेशी मुद्रा खरिद तथा बिकी गर्ने सम्पूर्ण कार्य गर्दछ र यो कार्य गर्न अन्य बैङ्कहरुलाई पनि इजाजत दिन्छ । 


(ङ) हिका व्यवस्थाको विकास गर्ने :- केन्द्रिय बैङ्कले बैङिकङ्ग कारोबार गर्न चाहने व्यक्ति वा संस्थाका लागि केन्द्रिय बैङ्कमा नियमअनुसार जमानत राखेपछि मात्र कार्य संचालन गर्ने इजाजत प्राप्त गर्छन् । आवश्यकताअनुसार बैङ्कहरुको निरीक्षण गर्ने, बैङ्कहरुलाई निर्देशन दिने बैङ्कको विकासमा सहयोग पुयाउने काम केन्द्रिय बैङ्कले गर्ने गर्दछ । 


(च) पुजीको परिचालन र राष्ट्र ऋण व्यवस्था :- केन्द्रिय बैङ्कले देशका विभिन्न भागमा छरिएर रहेका स-साना बचत रकमलाई एकत्रित गरी देश विकासका लागि पुंजी परिचालन गर्न मुद्रा बजार तथा पुंजी बजारको सृजना गर्दछ । साथै विभिन्न विकासका कार्यक्रमहरु संचालन गर्न आवश्यक


पर्ने पुंजी जुटाउन यस बैंकले सरकारको तर्फबाट विभिन्न किसिमका विकास ऋणहरु जारी गर्दछ । 


 


२. वाणिज्य बैंकको परिचय दिई यसका कुनै ६ वटा कार्यहरुको वर्णन गर्नुहोस् ।



 

उत्तर :- साधारण अर्थमा व्यापार तथा वाणिज्य क्षेत्रको विकासका लागि स्थापना भएका बैङ्कलाई वाणिज्य बैङ्क भनिन्छ । देशको उद्योग, व्यापार वा बाणिज्य क्षेत्रलाई प्रोत्साहन गर्ने, संचालन सम्बन्धी कार्यमा सहयोग पुयाउने उदेश्यले स्थापित बैकलाई बाणिज्य बैङ्क भनिन्छ । बाणिज्य बैङ्कका ६ वटा कार्यहरुको वर्णन निम्न अनुसार गरिएका छन् : – 


(क) जम्मा स्विकार गर्नु :- वाणिज्य बैङ्कले व्यक्ति वा संस्थासँग छरिएर रहेका बचत रकमलाई जम्माकर्ताहरुको नाममा विभिन्न खाताहरु खोलेर जम्मा गर्ने कार्य गर्दछ । यसरी जम्माकर्ताहरुले बचत तथा मुद्धती खातामा रकम जम्मा गर्दा निश्चित दरले व्याज प्राप्त गर्छन भने चल्ती खातामा रकम जम्मा गर्दा व्याज पाईदैन । 


(ख) ऋण प्रदान गर्नु :- वाणिज्य बैङ्कले सुन, चाँदी , हिरा, जिन्सी समान ,घर जग्गा तथा जमिन, कम्पनीको अंशको प्रमाणपत्र, शेयर आदि धरौटिका रुपमा राखि विभिन्न उद्योग, वाणिज्य तथा संस्थाहरुलाई ऋण प्रदान गर्ने कार्य गर्दछ । यसरी ऋण प्रदान गर्दा वाणिज्य बैङ्कले निश्चित व्याज रकम लिने गर्दछ । 


(ग) रकम स्थानान्तरण :- वाणिज्य बैङ्कले बैक ड्राफ्ट, टि.टि. आदिका माध्यमबाट स्वदेश तथा विदेशका विभिन्न ठाँउहरुमा चाहेको बैंक मार्फत भुक्तानी पाउने गरी रकम पठाउने वा विभिन्न ठाँउबाट रकम ल्याइदिने कार्य गर्दछ । यसरी रकम स्थानान्तरण गर्दा यस बैङ्कले निश्चित दस्तुर लिने गर्दछ। 


(घ) विदेशी विनिमय सम्बन्धी कारोबार गर्ने :- वाणिज्य बैङ्कले केन्द्रिय बैङ्कबाट अनुमति लिएर विदेशी मुद्राको खरिद तथा बिकी सम्बन्धी कारोबार र वैदेशीक व्यापारमा भुक्तानी सम्बन्धी व्यवस्था मिलाई दिने कार्य गर्दछ । 


(ङ) एजेन्टको काम गर्ने :- वाणिज्य बैङ्कले ग्राहकहरुको तर्फबाट एजेन्ट भई कम्पनीको अंश खरिद बिकी सम्बन्धी कार्यको जिम्मा लिने, अंशबाट प्राप्त हुने लाभांश संकलन गरिदिने, ऋणपत्रको व्याज बुझ्ने वा बुझाउने आदि कार्यहरु गर्दछ । यसरी कार्य गरेवापत यस बैङ्कले कमिशनका रुपमा केही रकम लिने गर्दछ। 


(च) बहुमुल्य वस्तुहरुको सुरक्षा गर्ने :- वाणिज्य बैङ्कले ग्राहकहरुको सुन, चाँदी, हिरा तथा महत्वपूर्ण कागजपत्रहरु आदि सुरक्षित रुपमा राखिदिने विशेष प्रकारको दराज वा लकर्स उपलब्ध गराउँछ । यसरी सुरक्षा प्रदान गर्दा बैङ्कले केही रकम दस्तुर लिने गर्दछ ।



 

 


३. जीवन बिमा भनेको के हो ? यसका प्रकारहरु उल्लेख गर्नुहोस् । 


उत्तर :- मानिसको मृत्यू, वृद्धावस्था र असमर्थताबाट उत्पन्न हुन सक्ने आर्थिक कठिनाईबाट बच्न गरिने बिमालाई जीवन बिमा भनिन्छ । जीवन बिमाका प्रकारहरुलाई यस प्रकार वर्णन गरिएका छन् :


(क) सावधिक जीवन बिमा :- दीर्घकालीन बचतका उदेश्यले निश्चित अवधिका लागि गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ । 


(ख) आजीवन जीवन बिमा :- विमितको मृत्युपछि मात्र उसका हकवालाहरुले एकमुष्ट रकम भुक्तानी पाउने गरी गरिएको बिमालाई आजीवन जीवन बिमा भनिन्छ। 


(ग) बालबच्चाको शिक्षा र विवाह सम्बन्धी सावधिक जीवन बिमा : – आफ्ना बालबच्चाहरुलाई राम्रो शिक्षा उपलब्ध गराउन वा उनीहरुका विवाहका लागि आवश्यक रकमको व्यवस्था गर्न अभिभाबहकद्वारा गराइने बिमालाई बालबच्चाको शिक्षा र विवाह सम्बन्धी सावधिक जीबन बिमा भनिन्छ। 


(घ) म्यादी जीवन बिमा :- छोटो अवधिको लागि गरिने बिमालाई म्यादी जीवन बिमा भनिन्छ । अल्पकालीन ऋण भुक्तानी गर्नका लागि सुरक्षा प्रदान गर्ने उदेश्य म्यादी जीवन बिमाको हो । 


(ङ) अग्रिम भुक्तानी सावधिक जीवन बिमा :- यो बिमा सावधिक जीवन बिमा जस्तै हो यसमा १५ वर्ष, २० वर्ष र २५ वर्ष गरी तीन प्रकारले जीवन बिमा गरिन्छ।


 


अतिछोटो प्रश्न उत्तर :


१. वित्तिय संस्थाको अर्थ लेख्नुहोस् ।


उत्तर :- विभिन्न क्षेत्रमा छरिएर रहेको पुँजीलाई वचतका रुपमा संकलन गरी आवश्यक क्षेत्रमा लगानी गर्ने संस्थालाई वित्तीय संस्था भनिन्छ । 


२. दुईओटा वित्तीय संस्थाको प्रकार लेख्नुहोस् ।


उत्तर :- दुईओटा वित्तिय संस्थाको प्रकार निम्न छन् ।


 (क) बैंक Banky


(ख) बिमा Insurance)


३. आदेश चेक भनेको के हो?


उत्तर :- चेकमा तोकिएको व्यक्तिलाई मात्र रकम भुक्तानी दिने चेकलाई आदेश चेक (Order Cheque) भनिन्छ । 


४. रेखादिकत चेक वा कस चेक भनेको के हो?


उत्तर :- चेकको वायाँपट्टिको माथिल्लो कुनामा दुई समानान्तर रेखा तानी दुई रेखाको बिचमा Account Payee Only लेखेको चेकलाई रेखांकित चेक भनिन्छ । 


५. बाहक चेक भनेको के हो?


उत्तर :- जुन सुकै व्यक्तिलाई पनि बैङ्कले भुक्तानी दिने चेकलाई वाहक चेक भनिन्छ । 


६. रेखाडिकत चेकमा तुरुन्त रकम झिक्न पाइन्छ कि पाइदैन ।



 

उत्तर :- रेखाडिकत चेकबाट तुरुन्त प्राप्त हुँदैन । पहिला आफ्नो बैक खातामा जम्मा गर्नुपर्छ । 


७. चेकको अनादर वा अप्रतिष्ठा भनेको के हो?


उत्तर :- कुनै कारणवस बैङ्कले चेकको रकम भुक्तानी गर्न अस्विकार गर्दछ भने यसलाई चेकको अनादर भनिन्छ । 


८. विमा भनेको के हो?


उत्तर :- मानव जीवनमा आइपर्ने विभिन्न प्रकारका अनिश्चितता र जोखिमबाट छुटकारा दिलाउनको लागि आएको आवधारणालाई बिमा भनिन्छ । 


९. विमाका कुनै दुई प्राथमिक कार्यहरु लेख्नुहोस् ।


उत्तर :- बिमा कुनै दुई प्राथमिक कार्यहरु निम्न छन् : – 


(क) निश्चितता प्रदान गर्नु


(ख) सुरक्षा प्रदान गर्नु 


१०.बिमा कति प्रकारका छन् ?


उत्तर :- बिमा मुख्य गरी दुई प्रकारका छन् : – 


(क) जीवन बिमा Life Insurance)


(ख) निर्जीवन बिमा (Non Life Insurance)


११.नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?


उत्तर :- नेपाल बैंक लिमिटेडको स्थापना वि. सं. १९९४ सालमा भएको हो। 


१२.केन्द्रिय बैरकको स्थापना सर्वप्रथम कहिले भएको हो।


उत्तर :- केन्द्रिय बैंकको स्थापना सर्वप्रथम स्विडेनमा सन् १६५६ मा भएको हो । 


१३. बेलायतमा केन्द्रिय बैङ्कको स्थापना कहिले भएको हो ?


उत्तर :- बेलायतमा केन्द्रिय बैङ्कको स्थापना सन् १६९४ मा भएको हो । 


१४. नेपाल राष्ट्र बैकको स्थापना कहिले भएको हो ?


उत्तर :- नेपाल राष्ट्र बैङ्कको स्थापना वि. सं. २०१३ साल बैशाख १४ गते भएको हो । 


१५. नेपालको पहिलो बैक कुन हो ?


उत्तर :- नेपालको पहिलो बैक नेपाल बैक लिमिटेड हो। 


१६. नेपालको सबैभन्दा पुरानो वाणिज्य बैकको नाम लेनुहोस् ।


उत्तर :- नेपालको सबैभन्दा पुरानो वाणिज्य बैङ्कको नाम राष्ट्रिय वाणिज्य बैंक । स्थापना वि. सं. २०२२) हो। 



 

१७. नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सबैभन्दा ठूलो नोट कति रुपियाँको हो।


उत्तर :- नेपाल राष्ट्र बैंकले निष्कासन गरेको सबै भन्दा ठूलो नोट १,००० रुपैयाँ हो। 


१८. नागरिक लगानी कोष भनेको के हो?


उत्तर :- सर्वसाधारण जनता तथा संस्थागत रुपमा कार्यरत कर्मचारी वर्गलाई बचत गर्न प्रोत्साहित गरी लगानीका अवसरहरु बढाउन तथा पुँजी


बजारको विकासमा गतिशिलता ल्याउने उदेश्यले स्थापना गरिएको वित्तिय संस्थालाई नागरिक लगानी कोष भनिन्छ । 


१९. नेपालमा नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?


उत्तर :- नेपालमा नागरिक लगानी कोषको स्थापना २०४७ साल चैत्र ४ गते भएको हो । 


२०. कर्मचारी सञ्चय कोषले गर्ने कुनै एउटा काम लेख्नुहोस्।


उत्तर :- कोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ताको कोष कट्टी रकमको अधावधिक हिसाब राखी विवरण उपलब्ध गराउने काम कर्मचारी सञ्चय कोषको एउटा काम हो। 


२१. नेपालको केन्द्रिय बैकको नाम के हो ?


उत्तर :- नेपालको केन्द्रिय बैङ्कको नाम नेपाल राष्ट्र बैंक हो । 


२२. नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती कसले गर्छ ?


उत्तर :- नेपाल राष्ट्र बैङ्कको गभर्नरको नियुक्ती नेपाल सरकारले गर्छ । 


२३. बैक भनेको के हो?


उत्तर :- रुपैयाँ पैसाको कारोबार गर्ने कानुन बमोजिम सङगठित संस्थालाई बैक भनिन्छ । 


२४. बैक ड्राफ्ट भनेको के हो ?


उत्तर :- बैङ्क ड्राफ्ट भनेको एक बैङ्कले आफ्नो शाखा, उपशाखा या एजेन्सी बैकलाई तोकिएको रकम तोकिएको व्यक्ति, फर्म, वा कम्पनीलाई भुक्तानी गर्नु भन्ने बैंक आदेश हो ।

Comments

Top posts

Complete guide of opt math class 10(see)NBD download free

Hi friends this is me shyamu giri.In this blog I have uploaded complete guide of class 10 SEE for goverment school students and as  well as for private schools student also can practice  with the help of this guide. click to below link to download complete guide of opt math class 10    download full hd 499 MB link:   OPT Math Class 10 Guide Download portable version 77 MB : Opt math guide class 10 Thank You for visiting ....... comment for more..

Complete Guide of Science class 10 (SEE) download

 Hii friends in this bolg I have given the download link of Science book guide of Government book in Nepali medium . You can download it from the link given below. Download it to score A+ in your SEE examination. 47 MB Download link: Science Guide  Thanks for visiting please comment for more guides and share this site your friends.

MATH Algebra all formula's

 All formula's of Algebra important for SEE and +2  Thanks for visiting my site comment for more formula's of mathematics and more subjects like this. Thank you

Complete Guide Of nepali book class 10 SEE

SORRY FOR UPLOADED THE GUIDE IN DESCENDING ORDER . TO READ FRIST CHAPTER READ FROM LAST PAGE THIS BLOG.THANK YOU Complete 

Trigonometry formula's

Values and formula's of trigonometry chapter very important values .  To memorise formula's of  I have given nomanic like " SOME PEOPLE Have CURLEY BROWN HAIR TURNED PERMANENTLY BLACK" Some=SIN People=P Have=h sin  =P/h Similarly all formula's are also can be memorise by the nomanic of given up. Thanks for visiting....

Introducing My self

 Hii friends my self Shyamu Giri . From Lumbini nepal. I am studying in class 11                This is my blogging site where I am going to upload a lots of informative blogs related with 8 class to +2 level books model answers and qustion with their guide. And more things related to these classes. If you like you can join our site by the right side icon of triple horizontal line.                                           I HOPE THIS WILL BE HELPFUL FOR WE ALL.                                                                                       THANKS FOR VISITING.........

All Formula's of Geometry

 All the formulas of Geometry chapter with find area and perimeter both formula's are given below. Thanks for visiting comment for more... 

knowledge related videos

कार्यालय कार्यविधि Unit- 1

   कार्यालय कार्यविधि कार्यालय कार्यविधि छोटो प्रश्न उत्तर : १. टिप्पणीको वर्थ लेख्नुहोस । टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ ओटा बुदाहरु अनुहोस् । उत्तर:-कुनै महत्वपूर्ण कुरामा निर्णय वा नितिनिर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरी टिपोट गरेर अधिकार प्राप्त अधिकारीबाट निर्णय गराउनुलाई टिप्पणी भनिन्छ।  टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुंदाहरु यस प्रकार छन्  (क) जुन विषयको टिप्पणी लेखिने हो सो समस्याको छोटकरी विवरण स्पष्ट उल्लेख गर्नुपर्छ ।    (ख) परेको समस्या खुलाई विश्लेषण गरेर वास्तविकता प्रस्तुत गर्नुपर्दछ ।  (ग) टिप्पणीको विषयवस्तुसँग सम्बन्धित सम्पूर्ण कागजातहरु कमिक रुपले पञ्जिका बनाई राख्नुपर्छ ।  (घ) समस्या भित्र परेका नीतिसम्बन्धी कुराहरु राम्रोसँग टिप्पणीमा दाउनुपर्दछ। (ङ) टिप्पणी तयार पारिसकेपछि फेरी राम्ररी पढेर तथा रुजु गरेर निर्णयका लागि आवश्यक कागजपत्र छ कि छैन हेरेर मात्र सही गर्नुपर्छ ।   २. प्रतिवेदनको अर्थ के हो ? प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुदाहरु लेख्नुहोस् । उत्तर:-कार्याल...

News

  Redefining art at Kathmandu Triennale 2077 Nepal’s biggest art festival returns with focus on inclusivity, diversity and local identity Ashish Dhakal February 9, 2022 A fter being put off by the pandemic,  Nepal’s largest art festival  is finally being held from 11 February – 31 March in venues across Kathmandu Valley. The Kathmandu Triennale 2077 will be held in three historically significant clusters of Patan, Kathmandu and Boudha with over 300 artworks by national and international artists, collectives and groups from over 40 other nations, including the Philippines, Haiti, Nigeria, Afghanistan, Myanmar and France.  Initially slated for 2020, this will be the fourth edition of the  Kathmandu International Art Festival , as it was known previously, and second in the Triennale format.  Kabi Raj Lama, “Values of Co-existence”, 2019. Photo: KABI RAJ LAMA. The curatorial team is led by Artistic Director Cosmin Costinas and co-curators Sheelasha Rajbhandari ...