अन्तिम खाता
अन्तिम खाता
अतिछोटो प्रश्न उत्तर :
१. अन्तिम खाता कहिले तयार गरिन्छ ?
उत्तर :- अन्तिम खाता आर्थिक वर्षको अन्त्यमा तयार गरिन्छ ।
२. व्यापार हिसाब खाता तयार गर्नुको मुख्य उदेश्य के हो?
उत्तर :- व्यापार हिसाब खाता तयार गर्नुको मुख्य उदेश्य व्यवसायको कुल नाफा अथवा कुल नोक्सान पत्ता लगाउनु हो ।
३. नाफा नोक्सान खाता तयार गर्नुको प्रमुख उदेश्य के हो ?
उत्तर :- नाफा नोक्सान खाता तयार गर्नुको प्रमुख उदेश्य व्यवसायको खुद नाफा वा खुद नोक्सान पत्ता लगाउनु हो।
४. कुल नाफा कसरी पत्ता लगाइन्छ ?
उत्तर :- बिकी र अन्तिम मौज्दात जोडेर आउने कुल रकममा सुरु मौज्दात र प्रत्यक्ष खर्चहरु घटाई कुल नाफा निकालिन्छ ।
५. खुद नाफा कसरी पत्ता लगाइन्छ ?
उत्तर :- कुल नाफामा व्यवसायले आर्जन गरेको अप्रत्यक्ष आम्दानी जोडेर आएको रकममा अप्रत्यक्ष खर्चहरु घटाएर खुद नाफा निकालिन्छ ।
६. वासलात तयार गर्नुभन्दा अगाडी कुन खाता तयार गरिन्छ ?
उत्तर :- वासलात तयार गर्नुभन्दा अगाडी नाफा नोक्सान खाता तयार गरिन्छ।
७. खुद नाफालाई वासलातमा कसरी समायोजन गरिन्छ ।
उत्तर :- खुद नाफालाई वासलातमा दायित्व पक्षमा पुँजीमा जोडिन्छ ।
८. खुद नोक्सानलाई वासलातमा कसरी समायोजन गरिन्छ ?
उत्तर:- खुद नोक्सानलाई वासलातमा दायित्व पक्षमा पुँजीबाट घटाइन्छ ।
९. पुंजी फिर्ता भन्नाले के बुझिन्छ?
उत्तर:- व्यवसायीले आफ्नो व्यवसायबाट व्यक्तिगत कामका लागि नगद वा कुनै समान झिकेमा त्यसलाई पुँजी फिर्ता भनिन्छ ।
१०. वासलातमा पुँजी फिर्तालाई कसरी समायोजन गरिन्छ ।
उत्तर:- वासलातमा पुँजी फिर्तालाई दायित्व पक्षमा पुँजीबाट घटाइन्छ ।
११. अन्तिम खाता तयार गर्दा समायोजनमा दिइएको अन्तिम मौज्दातको लेखा कसरी राखिन्छ ।
उत्तर:- सामायोजन दिइएको अन्तिम मौज्दातलाई व्यापार हिसाब खाताको केडिटमा र वासलातको सम्पत्ति पक्षमा राखिन्छ ।
१२. सामायोजनमा दिएको पेश्की बर्चको लेखा कसरी राखिन्छ ?
उत्तर:- समायोजनमा दिएको पेश्की खर्चको लेखा पेश्की खर्चलाई व्यापार खाता तथा नाफा नोक्सान खाताको डेबिट पक्षमा सम्बन्धित शिर्षकबाट घटाई वासलतको सम्पत्ति पक्षमा देखाइन्छ ।
१३. समायोजनमा दिएको भुक्तानी दिन बाँकी खर्चको लेखा कसरी राखिन्छ ।
उत्तर:- समायोजनमा दिएको भुक्तानी दिन बाँकी खर्चलाई सम्बन्धित खर्चमा जोडिन्छ र वासलातको दायित्व पक्षमा देखाइन्छ ।
१४. ख्याति कस्तो खालको सम्पत्ति हो ?
उत्तर:- ख्याति व्यवसायको अदृश्य सम्पत्ति हो ।
१५. अदृश्य सम्पत्तिमा के-के पर्दछन ।
उत्तर:- अदृश्य सम्पत्तिमा ख्याति, व्यापारिक चिन्ह, कपीराइट । प्रतिलिपि अधिकार) इत्यादि पर्दछन् ।
१६. प्रत्यक्ष खर्च अन्तर्गत कुन – कुन खर्चहरु पर्दछन् ?
उत्तर:- प्रत्यक्ष खर्च अन्तर्गत खरिद, भन्सार महसुल, ज्याला, भित्री ढुवानी इत्यादि पर्दछन् ।
१७. प्रत्यक्ष आम्दानी अन्तर्गत कुन – कुन आम्दानीहरु पर्दछन् ।
उत्तर:- प्रत्यक्ष आम्दानी अन्तर्गत बिकि, अन्तिम मौज्दात इत्यादि पर्दछन् ।
१८. अप्रत्यक्ष खर्च अन्तर्गत कुन – कुन खर्चहरु पर्दछन् ?
उत्तर:- अप्रत्यक्ष खर्च अन्तर्गत तलब, बाहिरी ढुवानी, विज्ञापन, व्याज इत्यादि पर्दछन् ।
१९. अप्रत्यक्ष आम्दानी अन्तर्गत कुन – कुन आम्दानीहरु पर्दछन् ।
उत्तर:- अप्रत्यक्ष आम्दानी अन्तर्गत व्याज प्राप्त, भाडा प्राप्त, कमिसन प्राप्त, लाभांश प्राप्त इत्यादि पर्दछन्।
२०. नगद मौज्दात भनेको के हो?
उत्तर:- नगद मौज्दात भन्नाले व्यवसायको कार्यालयमा भएको नगद रकमलाई जनाउँछ ।
२१. तिर्नुपर्ने खर्च भनेको के हो ?
उत्तर:- व्यवसायले काम गराई नतिरेको रकमलाई वा खर्चलाई तिर्नुपर्ने खर्च भनिन्छ । जुन दायित्व हो ।
२२. अग्रिम भुक्तानी खर्च भन्नाले के बुझ्नुहुन्छ ?
उत्तर:- सेवा प्राप्त हुनु भन्दा अगाडि गरिने खर्च वा तिरेको रकमलाई अग्रिम भुक्तानी खर्च भनिन्छ ।
Comments
Post a Comment